3 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ ।
प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहने छ ।
सबै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिने छ । आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सबै मार्सल आर्टको प्रबल पक्षलाई समेटेर वज्रको प्रतिपादन गरिएको बताउदै प्रतिभाशाली खेलाडीलाई संघले आफ्नै खर्चमा बन्द शिविरमा राख्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने योजना रहेको बताए ।
आयोजकका अनुसार दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने छ । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]