default_image

3 years ago

December 19, 2021

भलिबल टोलीलाई एनआईसी एशियाद्धारा खेल पोशाक हस्तान्तरण

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एशिया बैंकले आईतवार खेल पोशाक हस्तान्तरण गरेको छ ।

थापाथलीस्थित बैकको केन्द्रिय कार्यलयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही, पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टलाई खेल पोशाक हस्तान्तरण गरे ।

बैंकले महिला तथा पुरुष टिमका खेलाडी, प्रशिक्षक र अफिसियललाई जुता,स्पोर्टस् ब्याग,निक्याप र मोजा उपलब्ध गराएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बंगलादेशमा एशियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिला टोलीका सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना ब्यक्त गरे ।

‘खेलाडी, प्रशिक्षक तथा सहभागी टिमका लागि हाम्रो संस्थाले खेल पोशाककै रुपमा हातेमालो गर्ने अवसर पाएकोमा गर्व महसुस गरेका छौं । नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सबै कर्पोरेट हउसबाट योगदान दिन हुन पनि अनुरोध गर्दछु ।’ सिइओ न्यौपानेले भने ।

प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चाँसोमा नेपाल भलिबल संघ र समग्र भलिबल खेलाडी आभार ब्यक्त गदै आगमि दिनमा पनि एनआईसी एशिया बैंकको सहयोग सद्भाव रहिरहने विश्वास ब्यक्त गरे ।

बिदाई तथा खेल पोशाक हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत क्रिकेटर सन्तोष कुमार राठी, बैंकका सहायक महाप्रबन्धक नेपाल भलिबल संघका उपाध्यक्ष भलिबलका राष्ट्रिय खेलाडी रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.