3 years ago
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, २ प्रशिक्षक र १ निर्णायक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान आइतबार प्रदान गरेको छ ।
उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौंका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए । सबैले जनही १ लाखसहित प्रशंसा पत्र प्राप्त गरे ।
प्रशिक्षकमा तेक्वान्दोबाट नुवोकोटकी संगीना वैद्य र काठमाडौंका नोर्बु लामा सम्मानित भए । दुवैले समान अंक हासिल गरेकाले जनही ५० हजार नगदसहित प्रशंसा पत्र पाए । निर्णायकमा काठमाडौंका अशोक खड्का सम्मानित भए । तेक्वान्दोका उनलाई १ लाख नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
सोही अवसरमा ९ खेल पत्रकारलाई सम्मान गरिएको थियो । खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट काठमाडौंका हिमेशरत्न वज्रचार्य (कान्तिपुर दैनिक) सम्मानित भए । उनले ५० हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।
पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रुपन्देहीकी सन्जु पौडेल (कान्तिपुर दैनिक) तथा पोखराका विजय नेपाली (ढोरपाटन दैनिक) जनही २५ हजार र प्रशंसा पत्रबाट सम्मानित भए ।
पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेशगततर्फ सम्मानित हुनेमा प्रदेश १ का नमिन ढकाल (स्थानिय सन्देश साप्ताहिक), प्रदेश २ का बसन्त खतिवडा (नयाँ पत्रिका दैनिक), बाग्मती प्रदेशका कुशल तिमल्सिना (कान्तिपुर दैनिक), गण्डकी प्रदेशकी सोनिता अर्याल (ग्यालेक्सी ४ के टिभी), लुम्बिनी प्रदेशका दीपक न्यौपाने (रेडियो नमस्ते), कर्णाली प्रदेशका रमेशकुमार पाण्डे (गुराँस खबर डटकम) र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट (रासस स्थानिय समाचारदाता) पुरस्कृत भए । सातै जना समान २५–२५ हजार नगदसहित प्रशंसा पत्रबाट पुरस्कृत भए ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र सह–सचिव एवं प्रवक्ता विष्णुराज ढकालले सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]