3 years ago
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रयागपोखरी ब्याडमिन्टन क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पविन र सुरोजको जोडीले साईनोका अभिषेक बोस र सुजन थापाको जोडीलाई २१–१४ र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।
बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडीले आयोजकका विकास महर्जन र रदीप महर्जनको जोडीलाई २१–१८, १९–२१ र २१–५ ले पराजित गरे । यस्तै अर्को खेलमा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले बालकुमारी रिमिक्सका ससिन डंगोल र सुमित महर्जनको जोडीलाई २१–१८ र २१–१४ ले पराजित गरे ।
कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले बुटवलका सुशिल गिरी र विवेक न्यौपानेको जोडीलाई २१–१३ र २१–१७ ले पराजित गरे ।
हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको महिला यु–१९ तर्फ यङबहाल युथ क्लबकी रोज पाण्डेले रिभाईभकी अनिता तामाङलाई २१–८ र २१–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरिन् । धादिङकी बविता पुरीले १६ फिदरकी रिहाना शेरचन तथा भिन्छेबहालकी कृष्मा बज्राचार्य र बालकुमारी रिमिक्सकी प्राथना देउवाले पनि सेमिफाइनलमा स्थान बनाइन् ।
पुरुष यु १९ तर्फ बालकुमारी रिमिक्सका आयुश्मान नागरीले आयोजकका बिवेक चौधरीलाई २१–१७, २१–१४ ले पराजित गरे । सूर्यदर्शन ब्याडमिन्टन क्लबका सन्तोष पनेरु, क्लब ७ का डेभिड थापा मगर र फिदरका क्षितिज खनालले सेमिफाइनलमा स्थान बनाए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।