3 years ago
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) –ब्यायामको सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले खेल संचारकर्मीलाई सम्मान गरेको छ । आफ्नो २१औं बार्षिक साधारण सभाको अवसरमा ब्यायाम मन्दिरले बिबिसीका बरिष्ठ खेल पत्रकार निरञ्जन राजबंशी, ग्यालेक्सी ४ केकी खेल पत्रकार सरिता श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं पत्रकार प्रज्वल शाक्य र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई सम्मान गरेको हो ।
ब्यायाम मन्दिरले लामो समयदेखि पत्रकारितामार्फत खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख तथा कार्यक्रममार्फत प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो । सम्मानित ब्यक्तित्वहरुलाई ब्यायाम मन्दिरले नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।
यस्तै सोहि कार्यक्रममा शारीरिक सुगठन तथा ब्यायाम मन्दिरको विकास र विस्तारमा लामो समय देखि योगदान पु¥याउँदै आएका संस्थाका पूर्व अध्यक्षहरु घनश्याम मुखिया र सरोज श्रेष्ठलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ ।
उनीहरुलाई नगद ५५ हजार ५ सय ५५ नगद सहित सम्मान पत्रबाट सम्मान गरिएको हो । सम्मानित ब्यक्तित्वहरुले आफुले प्राप्त नगद सम्मानको २० प्रतिशत रकम ब्यायाम मन्दिरले स्थापना गरेको अक्षय कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
संस्थाले सन्तती सम्मान बाट ब्यायाम मन्दिरका सदस्य रत्न मानन्धरका सुपुत्र साजन मानन्धर र सह कोषाध्यक्ष नरेश पोडेका सुपुत्री नमिता पुजारीलाई पनि नगद १० हजारसहित सम्मान पत्रले सम्मान गरेको हो । साधारण सदस्यहरु मध्येबाट संस्थाका पूर्व अध्यक्ष, मि. नेपाल एवं अन्तराष्ट्रिय निर्णायक उदय बहादुर श्रेष्ठलाई दोसल्लासहित सम्मान पत्रले सम्मान गरेको हो ।
यस्तै संस्थाका सचिव हरिश श्रेष्ठ र राम महर्जनलाई नगद २० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । एमआई मोवाईलका कार्यकारी निर्देशक संजय अग्रवाललाई पनि सम्मान गरेको छ ।
सम्मानितहरुलाई प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव, बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री केशव स्थापित, वडा अध्यक्ष चिनियामान बज्राचार्य तथा नेपाल ब्यायाम मन्दिर सल्लाहकार समितिका संयोजक एवं पूर्व मि. नेपाल शिवलाल श्रेष्ठले सम्मान पत्र तथा पुरस्कारले सम्मान गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]