3 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन संघले ४ ओलम्प्यिनलाई सल्लाकार समिति सदस्य चयन गरेको छ । संघका अध्यक्ष दीपक विष्टको अध्यक्षतामा शुक्रबार बसेको बैठकले ओलम्पियन लुम्बिनी प्रदेश सरकारका मन्त्री समेत रहेको सुरेन्द्र हमाल, जितबहादुर केसी, वैकुण्ठ मानन्धर र पुष्पराज ओझालाई सल्लाहकार समितिमा चयन गरेको हो ।
हमाल भारोत्तोलनका कीर्तिमानी पदक विजेता खेलाडी हुन् । त्यस्तै केसीले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थिए । त्यस्तै मानन्धर दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक हुन् । सोही वैठकले नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष महेश आचार्यलाई प्रेस सल्लाहकार नियुक्त गरेको संघले जनाएको छ । दुई दशकयता खेलकुद पत्रकारिता गर्दै आएका आचार्य अंग्रेजी दैनिक द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख हुन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]