default_image

3 years ago

December 17, 2021

पविन र सुरोजको जोडी प्रि–क्वाटरमा

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रयाग पोखरी ब्याडमिन्टन सर्कलका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा कास्कीका विधान अकिारी र बिशाल खड्काको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पविन र सुरोजको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका सुनिल कपाली र नगेन्द्र महर्जनको जोडीमाथी २१–११ र २१–३ को सोझो सेटको जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । विधान र बिशालको जोडीले टिकाथलीका सरद राना मगर र सुमन पोखरेलको जोडीलाई २१–१५, २१–१६ ले पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भए ।

हरिसिद्ध ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लबका शान्ता डंगोल र राम राईको जोडी, सिल्क ग्रुपका आकाश छन्त्याल र अभिषेक गुरुङको जोडी, साईनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवलका बिश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनि बज्राचार्य र सुमन शाक्यको जोडीले पनि प्रिक्वाटरमा स्थान पक्का गरे ।

यस्तै सूर्यदर्शन ब्याडमिन्टन क्लबका हिमाल चन्द र सन्तोष पनेरुको जोडी, क्लब सेभेनका विकास महर्जन र हरिसिद्धिका रदीप महर्जनको जोडी, एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडी, सूर्यदर्शन ब्याडमिन्टनका दीपक राना र थम रानाको जोडी, आयोजकका राजेन्द्र महर्जन र श्याम महर्जनको जोडी, बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडी, आयोजकका निखिल भट्ट र बिवेक चौधरीको जोडी, बुटवलका सुशिल गिरी र बिवेक न्यौपानेको जोडी तथा बालकुमारी रिमिक्सका दिपन महर्जन र भुवन श्रेष्ठको जोडी रहेका छन् ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको यु–१९ महिलातर्फको खेलमा रिभाईभका अनिता तामाङ, फिदरकी रिहाना शेरचन, भिन्छेबाहालकी कृष्मा बज्राचार्य र कास्कीकी शितल केसीको जोडीले क्वाटरफाइनलमा स्थान पक्का गरे । यू–१९ पुरुषतर्फको खेलमा पिएफसीका अविनाश कार्की, कास्कीका अमित भण्डारी, हरिसिद्धिका बिवेक चौधर वाईसीबिसीका नेल्सन राईले प्रि–क्वाटरमा स्थान पक्का गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.