3 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी रविना महर्जन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार पहिलो भएकी छन् ।
नेपाल एपीएम टेबलटेनिस प्रालिको भैसेपाटीस्थित हलमा रविनाले फाइनलमा आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सेटमा पराजित गर्दै च्यापियन बनेकी हुन् ।
त्यसअघि बिहीबार नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडीले मिक्स डबल्समा उपाधि जितेका थिए ।
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]
November 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ । संचार क्षेत्रमा नेपालको अग्रणी संस्थाको रुपमा रहेको नेपाल टेलिकम र सुदूरपश्चिमकाबीच एक कार्यक्रमबीच सम्झौता भएको हो । सम्झौता पत्रमा सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध […]