3 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नामीले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जोरपाटीको नयाँबस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको फाइनलमा नामीले सूर्योदयलाई ४७–३७ ले पराजित गर्दै उपाधि जितेको हो ।
नामीका थिलेन पाख्रिन तामाङले २० अंक जोडे । थिलेन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, लिम्पियाका प्रिन्सिपल मदन रेग्मी, आयोजक रामेछाप जिल्ला बास्केटबलका अध्यक्ष एवं प्रतियोगिता संयोजक सुनिल योञ्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पाँचदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।