8 years ago
November 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले रेडबुल फुटसल लिगमा सोमबार चउर रिक्रियसन सेन्टर फुटसललाई ७ –२ ले हराएको छ । घरेलु मैदानमा रजनीलाई जिताउन रुसन केसीले ह्याट्रिक गरे भने सुमन कार्कीले २ तथा अविन थापा र आयुष कार्कीले समान १ गोल गरे ।
रजनीका बिभोर गुरुङ म्यानअफ द म्याच चुनिए । चउरका संजोग महर्जनले २ गोल गरे । समूह ए बाट रजनी फुटसल ९ खेलबाट १२ अंक सहित पाचौ स्थानमा छ । उक्त समूहमा २१ अंकसहित किकअफ शीर्षस्थानमा छ । ७ अंक जोडेको चउर समूहको अंकतालिकामा सातौं स्थानमा छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।