3 years ago
December 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई मनास्लु वर्ल्ड कलेजले बिहीबार सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान गरेको हो ।
यस्तै मनास्लुले विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत अन्य तीन व्यक्तित्वलाई पनि सम्मानित गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा मनास्लुले आफ्ना विद्यार्थीको सम्मानमा आयोजित स्वागत तथा विदाइ कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।
टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशाले २ खेल जित्दै इतिहास रचेकी थिइन् । बहराइनमा भएको एसियाली पारा युथ गेम्सको तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपको कांस्य विजेता पनि हुन् ।
गत वर्ष मनास्लुले खेलकुद क्षेत्रबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले पलेशालाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सम्मानित हुने अन्यमा शिक्षाविद् कर्णबहादुर शाही, वरिष्ठ पत्रकार जिवराम भण्डारी तथा गायक र सामाजिक अभियन्ता धिरज राई रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]