3 years ago
December 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा च्याम्पियन बनेका छन् ।
नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा भैसेपाटीस्थित हलमा बिहीबार भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र मन्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१० र ११–४ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् ।
आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपीएफका अनिता महर्जन र राजिव चिकबन्जारको जोडी संयुक्त रुपमा तेस्रो भए । यु–१६ ब्वाइज सिंगल्समा न्यु होराइजनका प्रवेश बस्नेतले स्वर्ण जिते । उनले फाइनलमा केज एकेडेमीका विशाल गोललाई ३–२ को सेटमा हराए ।
गार्गी एकेडेमीका प्रिन्स थापा र एनिस पिङपोङ क्लबका अद्रियन शाही तेश्रो भए । सोही स्पर्धाको गल्र्समा आर्मीकी दिया देउला च्याम्पियन बनिन् । फाइनलमा दियाले आर्मीकै सुस्मिता खड्कालाई ३–१ को सेटमा पाखा लगाइन् । एपीएम क्लबकाद्वय योङगी पौडेल र अनामिका कस्ती संयुक्त रुपमा तेश्रो भए ।
प्रतियोगिताको सह–प्रायोजक पूर्णशंकर श्रेष्ठले एक कार्यक्रबीच उद्घाटन गरे । ८ स्पर्धा समावेश प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी छन् । सबै स्पर्धाका पदक विजेतालाई सिओम टेबलटेनिस नेपालद्वारा प्रायोजित ५ लाख रुपैयाँ बराबरको टेबलटेनिस खेल सामाग्री पुरस्कार स्वरुप पाउने छन् ।
पुरुष-महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]