3 years ago
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विन्सम प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित निकाल्दै विन्सम सेमिफाइनलमा पुगेको हो ।
पहिलो खेलमा विन्समले जय मल्टिपल कलेजलाई २८–२५ को साँघुरो अन्तरले पराजित ग¥यो । जितमा सरोज तामाङले २० अंक योगदान गरे । सरोजकै १८ अंक मद्दतमा विन्समले अर्को खेलमा न्यु मिलिनियमलाई ३८–३० ले हरायो । नामी पनि सेमिफाइनलमा पुग्न सफल भयो ।
नामीले न्यु मिलिनियमको चुनौती ५६–४८ ले समाप्त पा¥यो । नामीका जाम्लिङ लामाले १७ स्कोर गरे । यससंगै सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा नामीको भेट र लिम्पिया नेसनल कलेजसंग हुने छ । अर्को सेमिफाइनल विन्सम र सूर्योदयबीच हुने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।