3 years ago
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनमा युवा स्टार प्रिन्स दाहाल र रसिला महर्जन एसिया ओलम्पिक प्रोजेक्ट (एओपी) मा नेपालबाट छनोट भएका छन् ।
नेपाल ब्याडमिनटन संघको पहलमा उनीहरुले यो अवसर प्राप्त गरेका हुन् । यो फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिक २०२४ को परियोजना समेत हो । एसिया ओलम्पिक प्रोजेक्ट ब्याडमिन्टन एसियाको खेलाडीको स्तरवृद्धिको लागि पहल हो । एओपीले ब्याडमिन्टन एसिया प्रोजेक्ट (२०२०–२४) अनुसार ब्याडमिन्टन एसियाले विकासोन्मुख देशका खेलाडीहरुका लागि प्रशिक्षण अवसर र छात्रवृत्ति पाउनेछन् ।
जसमा नेपाल ब्याडमिन्टन संघको पहलमा प्रिन्स र रशिलाले यो अवसर प्राप्त गरेको हो । उनीहरुको प्रशिक्षणसँगै विभिन्न प्रतियोगिताका लागि ब्याडमिन्टन एसियाबाट वार्षिक ३ हजार अमेरिकी डलर प्रदान गर्ने र त्यसलाई व्यवास्थापन गर्नुपर्ने ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए ।
उनीहरुले यही राष्ट्र वा स्थानमा प्रशिक्षण गर्नुपर्ने भन्ने उल्लेख नरहेको र सामान्यतय मलेसियामा नै प्रशिक्षण र प्रतियोगिता खेल्ने सम्भावना रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए । यो प्रोजेक्टबाट उनीहरुले तीन वर्षको अवधिमा प्रशिक्षणसँगै विभिन्न प्रतियोगिता खेल्दै आफ्नो वरीयता सुधार गर्ने अवसर पाउनेछन् ।
यसअघि नेपालको शीर्ष वरीयताका रत्नजित तामाङ र दिपेश धामीले पनि यो अवसर प्राप्त गरेका थिए । प्रिन्स विश्व जुनियरको वरीयतामा तेस्रो स्थानमा रहेका छन् । उनले पछिल्लो समय लगतार उच्च प्रदर्शन गरिरहेका छन् । रशिलाले पनि पछिल्लो समय घरेलु ब्याडमिन्टनमा लगातार उच्च प्रदर्शन गरिरहेकी छिन् । रशिला जुनियर वरीयतामा ६८औं स्थानमा रहेकी छिन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।