3 years ago
December 13, 2021
एजेन्सी – ओपनर मोहम्मद रिजवान र हैदर अलीको उत्कृष्ट अर्धशतकको सहयोगमा पाकिस्तानले पहिलो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ६३ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिजमा घरेलु टोली पाकिस्तानले १–० को अग्रता लिएको छ ।
२ सय १ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओपनर शाई होपले २६ बलमा ४ चौकासहित सर्वाधिक ३१ रन बनाए । ओडियन स्मिथले १६ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २४ रन बनाए । निकोलस पुरन १० बलमा १ चौका र २ छक्का प्रहार गर्दै १८ रनमा आउट भए । रोभमन पावेल २३ र रोमारियो शेफर्डले २१ रन बनाए ।
पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरले ४ ओभरमा ४० रन खर्चेर ४ विकेट लिए । शादब खानले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ३ विकेट लिए । शाहिन अफ्रिदी, मोहम्मद नवाज र हरिस रौफले १-१ विकेट लिए । त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । मोहम्मद रिजवानले ५२ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक ७८ रन बनाए ।
युवा ब्याटर हैदर अलीले ३९ बलमा ६ चौका र ४ छक्कासहित ६८ रनको उत्कृष्ट इनिङ खेले । कप्तान बाबर आजम शून्यमा आउट भएपनि तेस्रो विकेटका लागि रिजवान र हैदर अलीले १ सय ५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । मोहम्मद नवाज १० बलमा ३ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे ।
वेस्टइन्डिजका तीव्र गतिका बलर रोमारियो शेफर्डले सर्वाधिक २ विकेट लिए । ओडियन स्मिथ, डोमिनिक ड्रेक्स, ओशान थोमस र अकिल हुसैनले १–१ विकेट लिए । दोस्रो खेल मंगलबार हुनेछ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]