8 years ago
November 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य मञ्जु गुरुङ र अरुणा शाहीको टोली फेयस्टाको माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा यात्रा टुंगिएको छ । पहिलो चरण पार गरेको फेयस्दा आइतबार पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो । पुलिस २५–७,२५–१४ र २५–१५ ले विजयी भएको थियो । पहिलो चरणमा पुलिस तेस्रो र फेयस्दा चौथो भएको थियो ।
‘टोलीले राम्रो सफलता प्राप्त गर्न नसकेपछि व्यक्तिगत रुपमा माल्दिभ्स लिगले निकै फाइनल पुगेको छ ’ मञ्जुले भनिन्,‘हाम्रो टोलीमा नयाँ खेलाडी धेरै थिए । तर, यहाँ अन्य देशका अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्ने र आफ्नो खेललाई अझै सुधार्ने मौका मिल्यो । यसले पक्कै पनि हाम्रो खेलमा सुधार गर्न मद्दत पुग्नेछ ।’
अरुणाको अनुभव पनि मञ्जुकै जस्तो छ । उनले भनिन्,‘यहाँ प्राप्त गरेको अनुभव अब देशमा फर्केपछि हुने खेलमा पनि पक्कै लाग्नेछ । हाम्रो अनुभव राष्ट्रिय टोलीमा पनि काम आउनेछ । ’ लिगका चारमध्ये टोलीले जितेको खेलमा अरुण क्विन अफ दी म्याच बनेकी थिइन् । यो हारसँगै फेयस्ताको च्याम्पियनसिपमा यात्रा टुंगिएको छ ।
लिग चरणमा पहिलो भएको माल्दिभियन आरसी तथा दोस्रो स्थानमा रहेको प्रतिभा माली र कोपिला उप्रेतीको मिस्कियागु इजीबीच प्रतिस्पर्धा सोमबार प्रतिस्पर्धा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]