default_image

3 years ago

December 13, 2021

सूर्योदयको विजयी सुरुआत

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्योदयले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । सूर्योदयले लिम्पिया नेसनल कलेजलाई ३३–३१ ले पराजित गर्‍यो ।

रामेछाप जिल्ला बास्केटबलको आयोजनामा भइरहेको प्रतियोगिताको अन्य समूह चरणको खेलमा बृहस्पतिले विद्या विकासलाई ४३–१८, विन्समले एकता जेम्सलाई ३२–१४ र नामीले जय मल्टिपललाई ५८–२१ ले हराए ।

जोरपाटीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भइरहेको लिग कम नकआउट प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकका अध्यक्ष एवं प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् । फाइनल पुस २ गते हुने छ ।

January 16, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

Success

Thank you for your time.