8 years ago
November 20, 2016
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज पिस म्याराथनअन्तर्गत महिलातर्फको हाफ म्याराथनको उपाधि एपिएफकी कान्छीमाया कोजुले जितिन् । उनले १ घण्टा २३ मिनेट २४ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी थिइन् । १ घण्टा २३ मिनेट २६ सेकेन्डका साथ जुम्लाकी सुनमाया बुढा दोस्रो र १ घण्टा २६ मिनेट २४ सेकेन्डमा एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।
नेपाली सेनाकी सरिता बसी चौथो, एपिएफकी बृन्दा देसार पाँचौं र सेनाकी चन्द्रा रावत १ घण्टा ३२ मिनेट ४६ सेकेन्डमा पार गरेर छैठौँ भइन् । पुरुषतफृको म्यराथन नेपाली सेनाका कृष्ण बस्नेतले जितेका थिए ।
५ किलोमिटर म्याराथुनमा छात्रा तर्फ जुम्लाका सरिता न्यौपाने जितिन् । जुम्लाकै अमृता भण्डारी दोस्रो र मन्जु रावत तेस्रो भइन् । त्यस्तै छात्रतर्फ बाँकेका सागर बुढाथोकी प्रथम, जुम्लाका नरेश बुढा र हेमराज थापा तृतिय भए । आइतबार नै भएको ४ सय मिटर ह्वील चियर तर्फ बाँकेका कलम बहादुर बस्नेत प्रथम, नन्कु चौधरी दोस्रो र यज्ञ बहादुर थापा तेस्रो भए । विजेताहरुलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डन लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
क्रियटिभ हेन्ड्सको आयोजना तथा मध्यपश्चिम खेलकुद विकास समिति र नेपाल एथ्लेटिक्स संघको समन्वयमा भएको नेपालगन्ज पिस म्याराथनको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए । विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा ‘नेपालगन्ज पिस म्याराथन’ भएको हो ।
गत वर्ष नेपाली सेनाका होमलाल श्रेष्ठ ‘नेपालगन्ज पिस म्याराथन २०१५ को उपाधि जित्न सफल भएका थिए । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गणेशसिंह ठकुरी द्वितीय र एपीएफकै दानबहादुर धामी तृतीय भएका थिए । महिला मिनी म्याराथनको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लबकी कृष्णेश्वरी सिन्तकलाले जितेकी थिइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]