3 years ago
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हृदयघातका कारण बुधवार निधन भएका सोतोकान क्योकुशिन कराँते संघका केन्द्रिय सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी अनिल महर्जनको सम्झनामा नेपाल सो.क्योकुशिन कराँते संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
ललितपुर सातदोबाटोस्थित संघको केन्द्रिय कार्यालयमा शुक्रबार आयोजित उक्त कार्यक्रममा संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी लगायतका व्यक्तिहरुको साथमा स्व.महर्जनकी श्रीमती गंगा महर्जन र छोरा आर्यन महर्जनको पनि उपस्थिति थियो ।
यसैबीच श्रद्धाञ्जली सभामा स्व.महर्जनको परिवारको सहयोगार्थ हालसम्म ओटु समाजबाट २५ हजार, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम बोसबाट १० हजार लगायतका विभिन्न संस्था तथा व्यक्तिहरु गरी दुई लाख पाँच हजार रुपैयाँ प्राप्त भइसकेको नेपाल सो.क्योकुशिन कराँते संघका महासचिव एवम् ब्रान्च चिफ राजकुमार श्रेष्ठले बताए ।
त्यसैगरी उहाँले काठमाडौँ निवासी खेलप्रमी अमृत लामाबाट एक लाख र अमेरिका निवासी मोहन विष्टबाट ५० हजार रुपैयाँ संकलन भएको भन्दै आईडल मोडलमा ८ कक्षामा अध्ययनरत स्व.महर्जनका छोरा आर्यन महर्जनलाई संघले उच्च शिक्षासम्म पढाउने र श्रीमती गंगा महर्जनलाई योग्यता अनुसारको रोजगारी सिर्जना गरिदिने निर्णय गरेको जानकारी दिए ।
अर्कोतर्फ युएनकेएफका अध्यक्ष भिमसेन कार्कीले एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]