3 years ago
December 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भलिबलको चर्चित न्यु डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै इन्डोर हल निर्माण गर्ने भएको छ । क्लबले शुक्रबार चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापमा इन्डोर हल बन्ने जग्गामा भुमि पुजा गर्दै इन्डोर हल निर्माणको कार्य सुरुवात गरेको छ ।
क्लबले दुई रोपनी ८ आना दुई पैसा जग्गा १० वर्षको लागि भाडामा हल निर्माण गर्न लागेको हो । सोही जग्गामा क्लबले १२ महिनै प्रशिक्षण गर्न मिल्ने भलिबल कोर्ट, जिम हल, क्यान्टिन, चेन्जिङ रुम, ट्वाइलेट, वाथ रुम र आवास निर्माण गर्ने क्लबका प्रशिक्षक कुमार राईले जानकारी गराए । शिलन्यास केही दिनमा हुने र डिपिआरको दुई मोडल तयार भइरहेको र प्रारम्भिक चरणमा कार्य सुरु गरिने क्लबका अध्यक्ष सुनकेशरी मालीले बताइन् ।
‘दुई मोडलमध्ये प्याराफिटसहितको इन्डोर हलको लागत ३ करोड, प्याराफिटरहितको हलको लागत २ करोड रुपैयाँ भन्दा माथि लागत लाग्ने अनुमान छ ’ अध्यक्ष मालीले भनिन्, ‘अब मुख्य कुरा आर्थिक पाटो नै हो । नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, निजी संघ सस्था र शुभेच्छुकहरुबाट आर्थिक सहयोग पाएको खण्डमा आउदो जेठ ८ (भलिबल दिवस) मा यही इन्डोर हलमा भलिबल दिवस मनाउने लक्ष्य छ ।’
प्रशिक्षक राईले अहिलेको मुख्य प्राथमिकता भने भलिबल कोर्ट, चेन्जिङ रुम, ट्वाइलेट र बाथ रुम नै रहेको बताए । उनले भलिबल खेल्ने खेलाडीलाई पनि यही राख्ने र ४० जनासम्मलाई त्यही आवासमा राखिने योजना रहेको सुनाए । यसमा विशेष गरी महिला नै हुन्छ । उनले स्पोर्ट्स क्लबलाई नेपालको नमुना ट्रेनिङ सेन्टर बनाउने लक्ष्य रहेको योजना सुनाए ।
क्लबले २०६४ जेठ ५ गतेदेखि एकेडेमीकै धुले कोर्टमा नियमित प्रशिक्षण गर्दै आइरहेको छ । सोही कोर्टबाट उत्पादित खेलाडीले राष्ट्रिय टोलीको ढोका खोल्दै आफ्नो प्रतिभा देखाइसकेका छन् । रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी र सलिना श्रेष्ठ सोही एकेडेमीबाट उत्पादिन खेलाडी हुन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]