default_image

3 years ago

December 9, 2021

नेपाल एपिएम टेबल टेनिस अर्को महिना

229 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएम टेबल टेनिस क्लबको आयोजनामा अर्को महिना प्रथम नेपाल एपिएम खुला टेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको मुख्य र पूर्णशंकर श्रेष्ठको सह प्रायोजन रहने प्रतियोगिता पुस १ देखि ३ गते सम्म ललितपुरको भैसीपाटीमा हुने आयोजक संस्थाका निर्देशक दानबहादुर महताले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको आधिकारिक टेबल टेनिस पार्टनरमा सिओम टेबल टेनिस नेपाल रहेको बताएको छ ।

प्रतियोगितामा मेन्स सिंगल्स, वमन्स सिंगल्स, मिक्स डबल्स, मेन्ट भेट्रान सिंगल्स (४० वर्ष माथि), मेन्स भेट्रान सिंगल्स (५० वर्ष माथि), मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि), ब्वाइज सिंगल्स यू १६ र गल्र्स सिंगल्स यू १६ गरि ८ वटा इभेन्ट्स समावेश छ् । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलसहित गरि भण्डै ३ सय खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ ।

मेन्स र गल्र्स सिंगल्सको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुने दुई जनाले समान २ हजार ५ सय रुपयो प्राप्त गर्नेछ । त्यस्तै सबै आठ स्पर्धाका विजेतालाई सिओम टेबल टेनिस नेपालले पाँच लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गर्ने बताइएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.