default_image

3 years ago

December 8, 2021

स्की खेलाडी सफलराम इटाली जाँदै

138 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– बेजिङ शितकालिन ओलम्पिकको तयारीका लागि स्की खेलाडी सफलराम श्रेष्ठ इटाली जाने भएका छन् । सफलराम बिहीबार त्यसतर्फ जाने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।

सफलरामले इटालीको पगानेला स्की रिसोर्टमा प्रशिक्षण गर्नेछन् । उनले जनवरी १६ देखि विभिन्न अन्तर्राष्ट्रिय एफआइएस च्याम्पियनसिपमा भाग लिने बताएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उनलाई बुधबार सातदोबाटोस्थित एनओसी भवनमा बुधबार विदाई गरे ।

कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, एनओसीका महासचिव श्री नीलेन्द्रराज श्रेष्ठ, नेपाल स्की संघका महासचिव विजय श्रेष्ठ, एनएसएका सचिव श्री बसन्तराज कार्की र एनएसएका सदस्यहरूको उपस्थिति थियो।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.