default_image

3 years ago

December 7, 2021

आइटिएफ दोस्रो सर्किट – एकै दिन २५ खेल

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् । नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष खेलाडी आर्यन गिरीले सफलता प्राप्त गरेका छन् ।

श्रभनीले भारतकी श्रीनिधी रेड्डी अमिरेड्डीलाई ३–१ को सेटमा हराइन् । पहिलो सेट ७–६ ले हराएकी श्रभनीले दोस्रो सेटमा पुनरागमन गर्दै जित निकालिन् । उनले दोस्रो सेटमा ६–२ को अन्तर निकालिन् । तेस्रो सेट ६–१ ले आफ्नो पक्षमा पारिन् । यस्तै अभिलाषाले भारतकी खुसी गुलाटीलाई २–० को सेटमा हराइन् । उनले ६–१ र ६–१ कै सेटमा पाखा लगाउँदै जितको सुरुवात गरिन् । उता पुरुष एकल तर्फ आर्यनले भारतका प्रनभ कोराडेलाई ७–५ र ६–४ ले हराए ।

सामुहिक तर्फ भने नेपालकी इशाश्री शाह र श्रभनी श्रेष्ठको जोडीले नेपालकै रोमिका बुद्धचार्य र काशीसको जोडिलाई २–० को सोझो सेटमा हराए । पुरुष सामुहिक तर्फ नेपालका आरभ सम्राट हाडा र एकस् जुवेन रावतको जोडीले भारतका चन्दन शिवराज र क्रिलिस त्यागिको जोडिलाई हराए ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.