3 years ago
December 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशकी सुमाया देवान र नेपालका युवराज विक युथ एथलेटिक्स च्याम्पियनसिपको यू २० का सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालले आयोजना गरेको दुई दिने प्रतियोगिताको अन्तिम दिन मंगलबार सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।
गर्ल्सतर्फ सुमाया र ब्वाइजतर्फका युवराज दुवैको एक सय मिटर दौडका स्वर्ण पदक विजेता हुन् । युवराजले ११ सेकेण्ड र सुमायाले ११.८५ सेकेण्डमा दौड पूरा गरेकी थिइन् । यू १६ मा गर्ल्सतर्फ स्वागता खैजु र ब्वाइजतर्फ सुदीप थारु सर्वोत्कृष्ट चुनिए । स्वागता एक सय मिटर दौड र सुदीप लङजम्पका स्वर्ण पदक विजेता हुन् । स्वागताले १३.२२ सेकेण्डमा दौड पूरा गरेकी थिइन् । लङजम्पका पहिलो भएका सुदीपले ६.६८ मिटर नाघेका थिए ।
च्याम्पियनसिपको दोस्रो तथा अन्तिम दिन यू २० गल्र्स ८ सय मिटर दौडमा जुम्लाकी रामाया बुढाले स्वर्ण पदक जितिन् । अघिल्लो दिन ३ हजार मिटर दौडमा स्वर्ण जितेकी रामायाले ८ सय मिटर २ मिनेट २६.३६ सेकेन्डमा पूरा गरेकी थिइन् । त्यसमा बंगलादेशकी रुना नुर्सत जाहान (२ मिनेट ३०.०८ सेकेन्ड) ले रजत र सुस्मिता राई (२ मिनेट ३२.०३ सेकेन्ड) ले कास्य पदक जितिन् ।
यू २० ब्वाइज ८ सय मिटरमा कन्चनपुरका सञ्जीव नेपालीले स्वर्ण पदक जिते । उनले २ मिनेट ०३.९ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । बंगलादेशका मिहिबुल्लाह मोहम्मद खालिद (२ मिनेट ०३.९८ सेकेन्ड) ले रजत र कपिबस्तुका अजय पाण्डे (२ मिनेट ०६.६ सेकेन्ड) कास्य पदक प्राप्त गरे ।
यू २० गर्ल्सको १ सय मिटर दौडमा स्वर्ण र रजत दुवै बंगलादेशका खेलाडीले जिते । ११.८५ सेकेण्डका साथ सुमाया देवानले स्वर्ण र १२.१० सेकेण्डमा दौड पूरा गर्दै सोनिया अख्तरले रजत पदक जितिन् । दाङकी सिमा चौधरीले १३.८० सेकेन्डका साथ कास्य पदक जितिन् । यू २० ब्वाइज मा सर्वोत्कृष्ट युवराले स्वर्ण जितेको १ सय मिटर दाडमा नवलपरासीका सनिल देवान (११.२४ सेकेन्ड) ले रजत र बंगलादेशका नदिम मोहम्मद (११.२८ सेकेन्ड) ले कास्य पदक जिते ।
यू १६ ब्वाइज ८ सय मिटेर दौडमा बाग्लुङका बादल कार्कीले स्वर्ण पदक जिते । बादलले २ मिनेट ७.८४ सेकेन्डमा दौड पूरा गरेकी थिए । कपिलबस्तुका सुदीप थारु (२ मिनेट ११.१९ सेकेन्ड) ले रजत र काठमाडौंका आर्यन राई (२ मिनेट १२.२७ सेकेण्ड) ले कास्य पदक जिते ।
यू १६ ब्वाइज एक सय मिटर दौडमा वीरगन्जका आदर्शकुमार यादवले स्वर्ण पदक जिते । उनले ११.२४ सेकेन्डमा दौड पूरा गरे । तनहुँका प्रेमबहादुर थापा (११.४२ सेकेन्ड) ले रजत र कपिलबस्तुका शंकर चौधरी (११.९२ सेकेन्ड) ले कास्य पदक हासिल गरे ।
यू १६ गल्र्समा सर्वोत्कृष्ट भक्तपुरकी स्वागताले स्वर्ण पदक जितेको एक सय मिटर दौडमा वीरगन्जकी प्रिती परेल (१३.७५ सेकेन्ड) ले रजत र झापाकी विधा आचार्य (१४.१० सेकेन्ड) ले कास्य पदक प्राप्त गरिन् । यू १६ ब्वाइज ६० मिटर दौडमा तनहुँका प्रेमबहादुर थापाले स्वर्ण पदक जिते । उनले ७.४६ सेकेन्डमा दौड पूरा गरे । कपिलबस्तुका शंकर चौधरी (७.५२ सेकेन्ड) ले रजत र वीरगन्जका पुष्पराज यादव (७.५६ सेकेन्ड) ले कास्य पदक प्राप्त गरे ।
दशरथ रंगशालामा भएको च्याम्पियनसिपमा बंगलादेशका ८ तथा नेपालका ४५ जिल्लाका गरि ४ सय बढी खेलाडीको सहभागिता रहेको एथलेटिक्स परिवारले जानकारी दिएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]