3 years ago
December 7, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमबाट हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघ र हाम्रो खेलकुदबीच मंगलबार प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो ।
नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ र हाम्रो खेलकुद डट कमको तर्फबाट सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको लागि रहनेछ ।
पछिल्लो समयमा रिङ रेस्लिङले देशका विभिन्न भागमा रेस्लिङ प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्ष पोखराको कर्भड हलमा, वैशाख १ मा नुवाकोटको सूर्य चौर र गत महिना दोखलाको चरिकोटमा रिङ रेस्लिङ आयोजना भएको थियो ।
पोखरा र सूर्य चौरको प्रतियोगिता हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गरेको थियो । संघले यो वर्ष आयोजना गर्ने प्रतियोगिताहरुको बारेमा केहि सातामा सार्वजनिक गर्ने जनाएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]