8 years ago
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– शंखमुल फुटसलले रेडबुल फुटसल लिगअन्तर्गत समूह बीमा आफ्नो अग्रतालाई कायम राखेको छ । घरेलु मैदानमा शंखमुलले शनिबार किर्तिपुर फुटसललाई १५–३ ले हराएको थियो ।
शंखमूलका सन्जोग चाम्लिङ राई र शेरवहादुर थापामगरले समान ४ गोल गरे । म्यान अफ द म्याच अभय राना,सुरज महर्जन र निर्मल गुरुङले समान गोल गरे । कीर्तिपुरका यमन महर्जनले आत्माघाती गोल गरेका थिए । कीर्तिपुरका लागि एपेक्स महर्जन,सिमन महर्जन र प्रताप महर्जनले समान १ गोल गरे । शंखमुलले ८ खेलमा १९ अंक जोडेको छ । दोश्रो स्थानमा रहेको कुमारी फुटसलको ७ खेलबाट १४ अंक छ ।
अर्को खेलमा घरेलु मैदानमा बानेश्वर रिक्रियसन सेन्टरले ह्वाइटहर्षमाथि ३–२ को जित हासिल गरेको छ । बानेश्वरका मनीष रानाले २ र आदर्श घिमिरेले १ गोल गरे । ह्वाइटहर्षका लागि रबि सिलवाल र मनोज प्रजापतिले समान १ गोल गरे ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]