3 years ago
December 6, 2021
काठमाडौं (हाम्रो खेलकुद)- एथलेटिक्स परिवार नेपालले आयोजना गरेको युथ एथलेटिक्स च्याम्पियनसिपको पहिलो दिन सोमबार ४ सय मिटर ब्वाइजमा बंगलादेशका जेल्दा सर्जिल हसन खानले ५१.६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितका छन् । बंगलादेशकै मिहिबुल्लाह मोहम्मद खालिदले ५१.८ सेकेन्डमा दुरी पार गर्दै रजत पदक प्राप्त गर्दा नेपालका नारायण चौधरीले ५२.४२ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते ।
दशरथ रंगशालामा भएको च्याम्पियनसिपको ४ सय मिटर गल्समा बंगलादेशकी रुना नुरसाद जहानले १ मिनेट ०.४ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितिन् । दाङकी अरुणा रिजालले १ मिनेट ०२. २ सेकेन्डमा दुरी पार गर्दै रजत पदक प्राप्त गरिन् । त्यस्तै वीरगन्जकी संगिता कुमारी यादवले १ मिनेट ०५.२ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जित्न सफल भइन् ।
यु–२० लङजम्प ब्वाइजमा बर्दियाका राम लाख थारुले ६.३३ मिटर दुरी जम्प गर्दै स्वर्ण पदक जिते । नवलपरासीका सलिम देवानले पनि ६.३३ मिटर दुरी जम्प गरेपनि उनी प्राविधिक फल्टमा रजत पदकमा सिमित भए । बर्दियाकै रोशन थारुले ५.९७ मिटर जम्प गर्दै कास्य पदक जिते । गल्स यु २० लङजम्पमा बंगलादेशकी सोयिा अख्तरले ५.७७ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । दाङकी सीमा चौधरीले ४.६४ मिटर जम्प गर्दै रजत पदक तथा बर्दियाकी रविना थारुले ४.२४ मिटर जम्प गर्दै कास्य पदक जितिन् ।
यु–१६ लङजम्प ब्वाइजमा कपिलवस्तुका सुदिप थारुले ६.६८ मिटर जम्प गर्दै पहिलो स्थान हासिल गरे । कपिलवस्तुकै रामजित विश्वकर्मा ५.७७ मिटर जम्प गर्दै दोस्रो तथा चितवनका सुदिप महतोले ५.६३ मिटर जम्प गर्दै तेस्रो स्थान प्राप्त गरे । यु १६ गल्स लङजम्पमा दाङकी करुणा रिजालले ४.२७ मिटर जम्प गर्दै पहिलो भइन् । दाङकै सुशिला चौधरी ४.२० मिटर जम्प गर्दै दोस्रो तथा नुवाकोटकी धनु राई ४.०५ मिटर जम्प गर्दै तेस्रो भइन् ।
यु–१६ सटपुट ब्वाइजमा चितवन दिपेश महतोले १३.४० मिटर थ्रोका साथ पहिलो भए । कपिलवस्तुका तुलसीराम थारु १२.५४ मिटर थ्रो गर्दै दोस्रो तथा वीरगन्जका आदेश कुमार यादव १०.२१ मिटर थ्रो गर्दै तेस्रो भए । यु–२० सटपुट गल्समा दाङकी सुशिला चौधरीले ९.८२ मिटर थ्रुका साथ स्वर्ण जितिन् । विजेश्वरीकी निशा भुजेलले ७.७० मिटर थ्रोका साथ रजत तथा झापाकी कञ्चन विमली ७.५३ मिटर थ्रुका साथ कास्य पदक जितिन् ।
यु–१६ ब्वाइज ४ सय मिटर रिलेमा वीरगन्जका आदेश यादव, पुष्पराज यादव, आलेक गुप्ता र शत्रिधन पटेलको समूह पहिलो भयो । प्रेम बहादुर थापा, पाल्देन गुरुङ, दीपक घले र सुमन ट्याङले समूह दोस्रो तथा कपिलवस्तुका शंकर चौधरी, प्रेम थारु, गोविन्द थारु र रामजी विकेको समूह तेस्रो भयो ।
गल्समा लक्ष्मी शाही, मालता शाही, भावना पर्सल र रमिला शाहीको समूह पहिलो भयो । विजेश्वरीका सुनिदा कार्की, आयुष्मा आचार्य, एस्विना खत्री र भगवती बलामी मगरको समूह दोस्रो तथा दाङको करुणा रिजाल, रितिका बोहोरा, सुशिला चौधरी र मनिषा श्रेष्ठको समूहले तेस्रो स्थान हात पारेको छ ।
दुई दिन युथ एथलेटिक्स च्याम्पियनसिपको दोस्रो दिन मंगलबार विभिन्न स्पर्धामा स्वर्णका लासग प्रतिस्पर्धा हुने आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी गराए । उनका अनुसार च्याम्पियनसिपमा बंगलादेशका ८ जनासहित ४५ भन्दा बढी जिल्लाबाट ४ सय बढीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]