default_image

3 years ago

December 6, 2021

राममाया र प्रकाशलाई ३ हजार मिटरमा स्वर्ण

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युथ एथलेटिक्स च्याम्पियनसिपको पहिलो दिन ३ हजार मिटर दौडको महिलामा जुम्लाकी राममाया बुढा र पुरुषमा जुम्लाकै प्रकाश कठायतले स्वर्ण पदक जितेका छन् ।

दशरथ रंगशालामा सोमबार च्याम्पियनसिपको महिला ३ हजार दौड रामायाले १० मिनेट ४४.५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी थिइन् । प्रकाशले ९ मिनेट २२.७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गरेका थिए । कपिलबस्तुका अजय पाण्डे ९ मिनेट ४० सेकन्डका साथ रजत र ललितपुरका महेश सिडालीले ९ मिनेट ४१ सेकेण्डका साथ कास्य पदक जितेका थिए ।

महिला ३ हजारमा जुम्लाकै बन्दना बुढा र सुर्खेतकी विमला कार्कीले कास्य पदक जितेकी थिइन् । वन्दनाले ११ मिनेट २१.९ र विमलाले ११ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरेकी थिइन् । एथलेटिक्स परिवार नेपालको आयोजनामा सुरु भएको च्याम्पियनसिप मंगलबारसम्म चल्नेछ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.