3 years ago
December 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसियसन (एनपिजिए) ले आइतबार पत्रकार सम्मेलन गर्दै यो सिजनको गल्फ प्रतियोगिताको तालिका सार्वजनिक गर्दै सिजनको पहिलो प्रतियोगिता सोमबारदेखि सुरु हुने जानकारी गराएको छ । सुर्य नेपाल काठमाडौं गल्फ टुर रोयल नेपाल गल्फ क्लबमा हुने जानकारी गराएको छ । टुर बिहीबार सम्म चल्नेछ ।
चार दिने प्रतियोगितामा ३४ प्रोफ्रेसनल गल्फरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा भुवन नगरकोटी, शुक्र बहादुर राई, रामे मगर र संजय लामा लगायतले प्रतिस्पर्धा गर्ने छन् । यस्तै एमेच्योर गल्फर सुवास तामाङले समेत प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७४ हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । शीर्ष २१ मा रहनेले पनि ११ हजार रुपैयाँ हात पार्नेछन् ।
सुर्य नेपाल इस्टर्न ओपन धरान गल्फ क्लबमा २७ देखि ३० डिसेम्बरसम्म चल्नेछ । सुर्य नेपाल सेन्ट्रल ओपन २०२२ को ११ देखि १४ जनवरीसम्म गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । सुर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा १ देखि ३ फेब्रुअरीमा हुनेछ ।
यस्तै सुर्य नेपाल वेस्टर्न ओपन हिमालयन गल्फ क्लब पोखरामा २२ देखि २५ फेब्रुअरीमा सञ्चालन हुनेछ । सुर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा १४ देखि १७ मार्चसम्म चल्नेछ ।
सुर्य नेपाल एनपिएजिए टुर च्याम्पियनसिप १८ देखि २१ अप्रिलमा गोकर्ण फरेष्ट गल्फ रिसोर्टमा हुनेछ । सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा ९ देखि १३ मेमा हुनेछ ।
सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेको त्यसमा विदेशी गल्फरको पनि सहभागिता रहने संघका महासचिव दीपक आचार्यले जानकारी गराए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]