default_image

3 years ago

December 4, 2021

ब्राइटर र नेरा मावि सिमराको जित

179 views

0 Bookmark


सिमरा (हाम्रो खेलकुद)– सिमरामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगितामा शनिबार ब्राइटर एकेडेमी सिमरा र नेपाल राष्ट्रिय मावि सिमरा विजयी भएका छन् ।

सिमरा रंगशालामा भएको पहिलो खेलमा जीतपुरसिमरा १ पथलैयाको होली गार्डेन इङ्लिस स्कुललाई १–० ले हराउँदै ब्राईटरले पहिलो जित दर्ता गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा जितका लागि ब्राइटरलाई अन्तिम समयसम्म संघर्ष गर्नुप¥यो । खेलको ५८ औँ मिनेटमा जयराम महतोले गरेको गोल नै निर्णायक बन्यो । टिमलाई संघर्षपुर्ण जित दिलाएका जयराम खेलको म्यान अफ द म्याच घोषित भए ।

शनिबार नै भएको दोस्रो खेलमा नेपाल राष्ट्रिय मावि पथलैयालाई ३–१ ले हराउँदै नेपाल राष्ट्रिय मावि सिमरा विजयी भएको हो । सिमराको जितमा साहिल मोक्तान एक्लैले २ गोल गरे । अर्को एक गोल किसन यादवले गरेका थिए । म्यान अफ द म्याच बनेका साहिलले खेलको २५औँ मिनेटमै पहिलो गोल गरेका थिए ।

३६ औँ मिनेटमा किसनले एक गोल थप्दै टिमलाई २–० को अग्रता दिलाए । पथलैयाका लागि रिजन लामाले ४३औँ मिनेटमा गोल गर्दै २–१ को स्थितीमा पु¥याएका थिए । सिमराका लागि अन्तिम मिनेटमा साहिलले व्यक्तिगत दोस्रो गोल गर्दा पथलैयाले ३–१ को हार बेहो¥यो ।

ग्रासरुट फाण्डेशनको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा सेन्ट पिटर्स एकेडेमी र सिमरा पब्लिक इङ्लिस स्कुल तथा दोस्रो खेलमा पाथिभरा बोर्डिङ स्कुल र नोबेल एकेडेमीबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.