8 years ago
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्य मन्त्री गगनकुमार थापाले नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन) को प्रशिक्षण हलको शनिबार उद्घाटन गरेका छन् । बुढानीलकण्ठ नगरपालिका ३ स्थित महादेव खोलामा रहेको करिब १ रोपनी ८ आना जग्गा क्षेत्रफल भित्र हल निर्माण गरिएको हो ।
हल निर्माण गर्न ३६ लाख ४० हजार रुपैयाँ खर्च भएको संघले जनाएको छ । तत्कालीन बुढानीलकण्ठ गाविसले २०५७ सालमा संघलाई उक्त जग्गा दिएको थियो । प्रशिक्षण हलमा कार्यालय भवन, ब्याडमिन्टन र बास्केटबल कोर्ट, जिम हल निर्माण, खेलाडीको चेन्जिङ रुमलगायत निर्माण गर्ने योजना पनि रहेको संघले जनाएको छ । सो अवसरमा सन् २०१५ मा सर्बियामा भएको विश्व च्याम्पियनसिपमा कांस्य जित्न सफल खेलाडीद्वय विन्दन थापा मगर र रुपेश कुँवरलाई पनि सम्मान गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]