default_image

3 years ago

December 4, 2021

रुमेशको गोलमा च्यासललाई अग्रता

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुमेश बतौंलाको गोलमा च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

४३औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका हुन् । कमल श्रेष्ठको कर्नरमा आएको बललाई मेसुके ओउमोउको कमजोर क्लिअरेन्सको फाइदा उठाउँदै अनमार्क रहेका रुमेशले पेनाल्टी बक्सभित्रबाट गोल गर्न सफल भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एनआरटीले पोस्ट आक्रमण बुनेपनि गोल गर्न सकेको छैन । खेलको आठौं मिनेटमा स्टेफन विनोङको क्रसलाई च्यासलका कप्तान विराज महर्जनले क्लियर गर्दै बचाए ।

२१औं मिनेटमा अशोक थापाको क्रसमा क्रिटिसरत्न चुन्जुले पेनाल्टी बक्समा मौका पाएपनि सदुपयोग गर्न नसक्दा एनआरटी अग्रता लिनबाट चुक्यो । उनको वान टच प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३२औं मिनेटमा क्रिटिसरत्न छुुन्जुको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले अघि बढ्दै बचाए ।

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

Success

Thank you for your time.