default_image

3 years ago

December 4, 2021

रत्नजित र रशिलालाई बाह्रविसे कप ब्याडमिन्टन उपाधि

275 views

0 Bookmark

सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र रशिला महर्जनले सिन्धुपाल्चोकमा सम्पन्न बाह्रबिसे कप खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । रत्नजित पुरुष एकलमा तथा रशिला महिला एकलमा च्याम्पियन बनेको हो ।

सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठमाथि २१–१८ र २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन । रत्नले उपाधिसँगै १ लाख २५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो भएका नविनले ६५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

गत बुधबारदेखि सुरु भएको प्रतियोगिताको महिला एकलतर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीमाथि २–० को सोझो सेटमा जित निकाल्दै उपाधि जित्न सफल भयो । उपाधी हात पार्ने क्रममा रशिलाले गिरीमाथि २१–१६ र २१–१६ को समान अन्तरले पराजित गरिन् । रशिलाले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गर्ने निता र अनुमाया प्रत्येकले नगद १२ हजार ५ सयका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे ।

उच्च २० बरियतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका बिधान अधिकारी र बिशाल खड्काले उपाधी जिते । अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधी उचालेका हुन् । पुरुष युगल तर्फ बिजयी र उपबिजयी खेलाडीहरुले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र श्याम लामाको जोडीले तनहुका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे । बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बाह्रबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन् । जिल्लाको विजेता जोडीले ३०, दोस्रोले २० र सेमिफाइनल पुग्ने दुई जोडीले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

यस अघि आजै भएको सेमिफाईनलमा सेनाका रत्नजितले सेनाकै प्रफुल महर्जनलाई तथा नविनले बरियतामा दोश्रो स्थानमा रहेका एपिएफका दिपेश धामीलाई २–१ को सेटमा जित निकाल्दै फाइनलको यात्रा तय गरेका थिए । तृतीय स्थान प्राप्त गरेका प्रफुल महर्जन र दिपेश धामी प्रत्येकले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानको जोडीलाई २१–१० र २१–१५ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।

बिजयी खेलाडीहरुलाई बाह्रबिसे नगरपालिकाका मेयर निमाफुञ्जी शेर्पा, उपमेयर सुशिला पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरस्कार राशी ६ लाख २० हजार रुपैयाँ रहेको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.