default_image

3 years ago

December 3, 2021

ग्रासरुट फुटबलमा एक्स सर्भिसम्यान र लोटस एकेडेमी विजयी

79 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद)– ग्रासरुट फाउण्डेशनको आयोजनामा सिमरामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगितामा एक्स सभिर्सम्यान चिल्ड्रेन एकेडेमी र लोटस एकेडेमीले विजयी सुरुवात गरेका छन् ।

सिमरा रंगशालामा बिहिबार सुरु भएको प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल भएका थिए । जसअन्तर्गत पहिलो खेलमा डुमरवानास्थित एक्स सर्भिसले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहालाई १–० ले पराजित गर्यो । एक्स सर्भिसको जितमा विशाल चौधरीले निर्णायक गोल गरे । खेलको १९औं मिनेटमा गोल गरेका विशाल खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा लोटस एकेडेमीले सेन्ट अल्फोन्सास स्कुललाई २–० ले पराजित गर्यो । लोटसको जितमा आकाश मोक्तान र दिलकुमार विकले समान १ गोल गरे । आकाशले खेलको १४औं र दिलकुमारले २९ औं मिनेटमा गोल गरेका हुन् । विवेक बुढाथोकी खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई खेल हुने आयोजक ग्रास रुट फाउण्डेशनका अध्यक्ष दुर्गा बहादुर थापाले बताए । पहिलो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा तथा दोस्रो खेलमा होली गार्डेन ईङ्लिस स्कुल, पथलैया र ब्राईटर एकेडेमी स्कुल, सिमराबीच हुनेछ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.