default_image

3 years ago

December 3, 2021

न्युरोडमा एडिडासको सो रुम

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडासले शुक्रबारबाट नेपालको छैटौं फ्ल्यागसिप स्टोरका रुपमा न्युरोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट यसअघि एडिडासका खेल सामाग्री तथा पोशाक विक्री गर्दै आएको नेपालका लागि एडिडासको आधिकारिक विक्रेता रुटस् फेसन प्रालि.ले आफ्नो छैटौं शाखाको रुपमा न्युरोडबाट विक्री सूरु गरेको हो ।

यसअघि रुटस् फेसनले काठमाडौंको दरबारमार्ग, सिटी सेन्टर कमलपोखरी, पुतलीसडक, सिभिल मल र ललितपुरको जावलाखेलबाट एडिडासका खेलकुद सामाग्री तथा पोसाक विक्री गर्दै आएको थियो ।

सन् २००१ देखि सञ्चालनमा आएको रुटस् फेसनले राजधानीका मुख्य व्यापारिक केन्द्रबाट एसिडाडसको विश्वस्तरिय उत्पादन नेपाली खेलकुद पारखीहरुका माझ निरन्तर पु¥याउँदै आएको छ । विश्व खेलकुद जगतमै एलिट ब्रान्डका रुपमा स्थापित एडिडासले आफ्नो सुरुआती कालदेखी नै नेपाली खेलकुद जगतको विकास र विस्तारमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सधैं सहयोग गर्दै आएको एडिडास नेपालका अध्यक्ष सञ्जिव तुलाधरले बताए ।

नेपाली राष्ट्रिय फुटबल टोली, सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी थ्री स्टार क्लब, एथ्लेटिक्स तथा बक्सिङका थुप्रै राष्ट्रिय खेलाडीलगायतलाई एडिडास नेपालले प्रायोजन गरिसकेको छ । एडिडास नेपालका अध्यक्ष तुलाधरले आगामी दिनमा पनि नेपाली खेलकुदलाई विभिन्न तहबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

‘हाम्रो देशको मुख्य व्यापारिक केन्द्र न्युरोडमा हामीले एडिडासको शाखा विस्तारका लागि विगत चाार पाँच वर्ष देखि नै उपयुक्त स्थान खोजिरहेका थियौं,’ एडिडास नेपालका अध्यक्ष तुलाधरले भने, ‘सबै नेपालीको पहुँचमा एडिडासका खेलकुद सामाग्री र पोसाक पुगोस् भन्ने मुख्य उद्देश्यका साथ हामीले नयाँ शाखा सञ्चालनमा ल्याएका हौं ।’

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.