3 years ago
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ३ स्वर्ण जितेको छ ।
पहिलो दिन ५ स्पर्धाको फाइनल सम्पन्न हुँदा मुलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताअन्तर्गत एकल पुम्सेको यु–१६ पुरुषमा एमिलका स्वरुपराज राई र महिलामा मुलपानीकी प्रगति कुइकेल तथा १६ वर्षमाथि पुरुषमा मुलपानीका मधुसुदन सापकोटा र महिलामा मुलपानीकै हिमाला अधिकारीले स्वर्ण जिते ।
गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ४०–४५ केजीमा लैनचौरका स्वीकार रजकले पहिलो स्थान हात पारे ।प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा राखेपका सदस्य श्रीमान थापा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति थियो । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा २ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका अध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक सोवितमान गिरीले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्नेले टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]