3 years ago
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् ।
चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १–१ जित-हार आत्मसात् गरे । एसएल– ४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे ।
दोश्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए । अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानी विरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
गेम्समा तेक्वान्दोका ३ खेलाडी पनि सहभागी छन् । ब्याडमिन्टनमा नेपालबाट सहभागी प्रकाश एक्लो हुन् । उद्घाटनको मार्च पास्टमा पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धनले नेपालको झण्डा बोकेकी थिइन् । गेम्म डिसेम्बर ६ तारिखसम्म चल्ने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।