default_image

3 years ago

December 3, 2021

रत्नजित, दिपेश, नविन र प्रफुल सेमिफाईनलमा

204 views

0 Bookmark

सिन्धुपाल्चोक (हाम्रो खेलुकद) – विभागीय नेपाली सेनाका रत्नजित तामाङ, नविन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दिपेश धामी सिन्धुपाल्चोकमा जारी बाह्रबिसे कप खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको सेमिफाईनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको क्वाटरफाइनलमा शीर्ष वरीयताका रत्नजितले नेपाल पुलिसका दीपक बोहरालाई २१–६ र २१–१० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रफुल महर्जनसँगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१७ र २१–१४ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका थिए ।

अर्को खेलमा सेनाका नविन श्रेष्ठले सेनाकै रुकेश महर्जन माथि २१–१२ र २१–१५ को जित निकाले । नविनले अव फाइनल प्रवेशका लाग एपिएफका दिपेश धामीसँग खेल्नेछ । धामीले पुलिसका बिष्णु कटुवाललाई २१–१० र २१–१४ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

महिला एकलतर्फ सेनाकी अमिता गिरीले सेनाकै रोज पाण्डेलाई २१–१४ र २१–१० ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरिन् । अव अमिताले फाईनल प्रवेशका लागि पुलिसकी निता लम्सालको सामना गर्नेछिन् । लम्सालले एपिएफकी शोभा गौचनलाई २१–७ र २१–१२ ले पराजित गरिन् ।

अर्को खेलमा सेनाकी रशिला महर्जनले एपिएफकी सुनैना मुखियालाई २१–९ र २१–१० ले पराजित गर्दै सेमिफाईनलमा सेनाकै अनुमाया राईसँगको भेट पक्का गरिन् । राईले सेनाकै प्रेक्षा राईलाई २१–११ र २१–१३ ले पराजित गर्दै सेमिफाईन पुगेकी हुन् ।

सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले अन्तिम चारमा स्थान बनाएका छन् ।

यस्तै बुटवलका सुशिल गिरी र बिवेक न्यौपानेको जोडी, कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी र बालकुमारी रिमिक्सका ससिन डंगोल र सुमित महर्जनको जोडीले अन्तिम चारमा स्थन पक्का गरेका छन् ।

५ लाख ५० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा शिर्ष तीनस्थान हात पार्ने खेलाडीहरुले पुरुष एकलतर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकलतर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगलतर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्लास्तरिय युगलतर्फ र भेट्रान्स युगलतर्फका खेलाडीहरुले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.