8 years ago
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को अल्ट्रा दौड उपाधि जितेको छ । बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा दौड पुरा गर्दै उपाधि जितेको अक्सफामको वेभसाइडमा उल्लेख गरिएको छ । चारै जना नेपाली सेनाका खेलाडी हुन् ।
पछिल्लो तीन बर्षमा यसपटक सबैभन्दा छिटो दौड पुरा भएको छ । पहिलो हुने टोलीले गत बर्ष ११ घन्टा ५८ मिनेट र सन् २०१४ मा ११ घन्टा ५६ मिनेटमा दौड पुरा गरेका थियो । यसपटक विभिन्न विधामा गरि १० हजार भन्दा बढीले दौडमा भाग लिएका थिए । साइ कुङबाट सुरु भएको दौड युन लोङ पुगेर टुंगिएको थियो । आयोजकले ४८ घन्टा भित्र दौड पुरा गर्नका लागि कटआउट टाइम तोकेको थियो ।
तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको प्रदर्शनका आधारमा एलिट मान्यताका साथ नेपाली टोलीलाई आयोजकले नै सबै खर्च बेहोर्ने गरी निमन्त्रणा प्राप्त गरेको थियो । यसपटकको एभरेष्ट म्याराथनका बेदबहादुर विजेता र पूर्णबहादुर उपविजेता हुन् । तीर्थबहादुर यो बर्षका एभरेष्ट अल्ट्रा रेसका विजेता हुन् । भीमबहादुरले दुई बर्षअघि अन्य खेलाडीसँग मिलेर अक्सफामको उपाधि जितेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]