default_image

3 years ago

December 2, 2021

सुरोज र पविनको जोडीको विजयी सुरुवात

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले सिन्धुपाल्चोकको बा¥हबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ विजयी सुरुवात गरेका छन् ।

महर्जन र लिनथेपको जोडीले बाह्रबिसेका राजकुमार तामाङ र अजय लामाको जोडीलाई २१–९ र २१–१९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा एपिएफका सुमन लिम्बु र प्रनिश सिंह ठकुरीको जोडीले पनि दोश्रो चरणमा स्थान बनाएको छ ।

लिम्बु र ठकुरीले मनकामना स्पोर्टस्का बिशाल बस्नेत र राजु थापाको जोडीलाई १६–२१, २१–१२ र २२–२० को सेटमा जत निकाल्यो । यस्तै बालकुमारी रिमिस्कका दिप्रीश बज्राचार्य र सुमन शाक्यको जोडीले दोश्रो चरण प्रवेश गर्ने क्रममा सुर्खेतका नरेन्द्र बम र कविर केसीको जोडीलाई २१–१४, १७–२१ र २१–१६ ले हराए ।

शीर्ष २० बरियता बाहेकका पुरुष युगलतर्फको अन्य खेलमा बुटवलका सुशिल गिरी र विवेक न्यौपानेको जोडी, १६ फिदरका अभिषेक बोस र सुजन थापाको जोडी, नवलपरासीका रोशन कुमाल र किरण महतोको जोडी, १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी, एपिएफका एशिया जवेगु र नविन सिलवालको जोडी तथा चितवनका विधान गुरुङ सूर्यदर्शन ब्याडमिन्टन क्लबका दीपक रानाको जोडीले पनि दोश्रो चरणमा स्थान पक्का गरे ।

गिरी र न्यौपानेको जोडीले पिस फिटनेश क्लब, पेप्सीकोलाका संजय कपाली र योगश खड्काको जोडीलाई २१–१७, १९–२१ र २१–७ ले, बोस र थापाको जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१९ र २२–२० ले, कुमाल र महतोको जोडीले सुर्खेतका करण बैगर र पूर्णबहादुर सिंहको जोडीलाई २१–१९ र २१–१३ ले पराजित गरे ।

खनाल र महर्जनको जोडीले सुर्खेतका जित प्रसाद लामिछाने र अनिल मल्लको जोडीलाई २१–१५, १८–२१ र २२–२० ले, जवेगु र सिलवालको जोडीले सेनाका बिवेक चौधरी र आयुष्मान नागरीको जोडीलाई २१–१८ र २१–१२ ले तथा गुरुङ र रानाको जोडीले चौताराका कैलाश श्रेष्ठ र बा¥हबिसेका सुरेन्द्र श्रेष्ठको जोडीलाई २१–१७ र २१–१२ ले पराजित गरे ।

यसैगरि जित निकाल्ने क्रममा सेनाका गोकुल जोरा र दिवश संकरको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–१० र २१–८, बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीले नवलपरासीका अक्षय केसी र केवल श्रेष्ठको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले तथा बा¥हबिसेका अभिषेक गुरुङ र त्रिपुरासुन्दरीका आशिष तामाङको जोडीले सुर्खेतका दिपेश चौधरी र निरञ्जन चौधरीलाई २१–१६ र २१–१६ को समान अन्तरले पराजित गरे ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.