default_image

8 years ago

November 18, 2016

प्रतिभा विदेशीमा सर्वोत्कृष्ट, लिगको दोस्रो चरणमा आइतबारबाट

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली माल्दिभ्स महिला लिगका विदेशी खेलाडीतर्फ सर्वोत्कृष्ट चुनिएकी छिन् । प्रतिभा र कोपिला उप्रेती सम्मिलित टोली मिस्कियागु इजीले ४ मध्ये ३ खेल जित्दा सबैमा प्रतिभा क्विन अफ दी म्याच घोषित भएकी थिइन् । मञ्जु गुरुङ अरुणा शाही फेयस्दाबाट खेलिरहेका छन् ।

prativa-3
मञ्जका अनुसार महिला लिगको दोस्रो चरण आइतबार सुरु हुनेछ । पहिलो चरणमा माल्दिभिय आरसी शीर्षस्थान, प्रतिभा र कोपिलाको टोली मिस्कियागु दोस्रो, पुलिस तेस्रो र मञ्जु अरुणाको फेयस्दा चौथो हुँदै अर्को चरणका लागि छनोट भएका थिए । पोलस्टार भने पहिलो चरणबाट बाहिरीएको छ ।

prativa1cc

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.