3 years ago
December 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघले जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा अर्को महिना चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौडामा पुस १३ देखि १७ गते सम्म हुने सञ्चालन हुने हक्की संघले जनाएको छ । प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक विभागिय टोली नेपाली सेनाको सहभागिता रहने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उप–महानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र बिभिन्न संघ संस्थाहरुको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले बताए ।
स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर हक्की संघले विगत तीन बर्षदेखी महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको पहिलो र तेस्रो संस्करण नेपाली सेना तथा दोस्रो संस्करण लम्बिनी प्रदेशले जितेको थियो । प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]