default_image

3 years ago

December 1, 2021

बाह्रविसे कप ब्याडमिन्टनको तयारी पुरा

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपको प्रायोजन, बाह्रविसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा हुने बाह्रबिसे कप ब्याडमिन्टन खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका रत्नजित तामाङ, दिपेश धामी, नविन श्रेष्ठ, रशिला महर्जन, अनुमाया राई, अमिता गिरीलगायतका शीर्ष खेलाडीहरु बाह्रविसे पुगिसकेका छन् । जिल्लामा ब्याडमिन्टन खेलको विकास तथा विस्तार गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

मंसिर १५ देखि १८ गते सम्म हुने राष्ट्रिय प्रतियोगिताामा पुरुष एकल, महिला एकल, पुरुष युगल (नेपाल ब्याडमिन्टन संघको एकलतर्फ उच्च २० वरियतामा रहेका खेलाडीहरु बाहेक), सिन्धुपाल्चोक जिल्ला स्तरिय पुरुष युगल र भेट्रान्स युगल गरि ५ बिधामा १४८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

५ लाख ५० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा शिर्ष तीनस्थान हात पार्ने खेलाडीहरुले पुरुष एकल तर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकल तर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगल तर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरुले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

३५ लाख अनुमानित बजेट रहेको प्रतियोगितालाई स्तररियता प्रदान गर्नका लागि प्रायोजक सिल्क ग्रुपले १० लाख बराबरको अन्तर्राष्ट्रिय स्तरको २ कोर्ट म्याट आयोजक खुर्सानीबारी खेलकुद कभर्डहललाई प्रदान गरेको छ ।

जिल्ला स्तरियको सेमिफाइनल समिकरण पुरा

प्रतियोगिताको उद्घाटनको अघिल्लो दिन मंसिर १५ गते भएको जिल्लास्तरिय पुरुष युगल तर्फको सेमिफाइनल समिकरण पुरा भएको छ । चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी, मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी, बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडी तथा बलेफीका पूर्ण थापा र अजय लामाको जोडी प्रवेश गरेका छन् । जिल्लास्तरिय प्रतियोगितामा २४ जोडीले सहभागिता जनाएका छन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.