default_image

3 years ago

December 1, 2021

प्रदेश १ भेट्रान्स भलिबलको क्वाटरफाइनलमा

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ को सेतो टोली दोहोरो जित निकाल्दै राजधानीमा जारी ‘गुरुङ स्पोर्ट्स हाउस कप’ राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विपक्षी टोलीविरुद्ध अंक जोडेपछि नेपाली भलिबल संघको टोली । तस्विरः हाम्रो खेलकुद

नयाँ बसपार्कस्थित ढोरपाट स्पोर्ट्स क्लबको कोर्टमा बिहीबार दोहोरो जित निकाल्दै प्रदेश १ को सेतो टोलीले समूह ‘सी’ बाट अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो खेलमा कर्पाकेली युवा क्लब पुर्वी चितवनलाई २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गरेको सेतो टोलीले दोस्रो खेलमा धादिङ एडभान्सलाई २५–७ र २५–१९ को सोझो सेटमा पाखा लगायो ।

अर्काे खेलमा नेपाल भलिबल संघले प्रदेश १ को निलोसँग सुरुवाती सेट २०–२५ ले गुमाएपनि त्यसपछिको दुवै सेट २५–१५ र २५–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको छ । अर्काे खेलमा तनहुँ मिर्लुङले धादिङ एडभान्सलाई २५–१३ र २५–२३ ले पराजित गरेको छ ।

यस्तै मण्डली स्पोर्ट्स क्लबले प्रदेश १ रातोलाई १६–२५, २५–१९ र १५–१३ ले पराजित गरेको छ । यस्तै आयोजक गुरुङ स्पोर्ट्स हाउसले साझा यातायातलाई २५–२३ र २५–१८ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । लगातार दोस्रो हार बेहोरेपछि साझा यातायात समूह चरणबाटै बाहिरिएको छ । यस्तै सिपाडोल युवा क्लबले रोल्पा भलिबल संघलाई २५–१६, २५–२२ र १५–४ ले पराजित गरेको छ ।

गुरुङ स्पोर्ट्स हाउस प्रालिको आयोजनामा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउट पछि हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । (पार्क भलिबल) को एक टोलीमा पाँच खेलाडी हुनेछन् । चार खेलाडी कोर्टमा हुनेछन ।

४० वर्ष भन्दामाथिको खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउनेछ । उपविजयी टोलीले ६१ हजार १ सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले समान ३–३ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.