3 years ago
November 30, 2021
विजय नेपाली, पोखरा
पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तरगत आज पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । मंगलबार पुरुष र महिला व्यक्तिगततर्फ पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् भने सामुहिक विधा तर्फ प्रिक्वाटर फाइनलका सम्पुर्ण खेलहरु सम्पन्न भएका छन् ।
पुरुष तर्फको व्यक्तिगत प्रतिस्पर्धामा नेपालका आरभ सम्राट हाडाले मात्रै जित निकाले । उनले भारतका निशिल मिट्टाललाई ६–३ र ६–३ को सेटमा हराउँदै अन्तिम १६ मा प्रवेश गरेका हुन् । भारतका हितेश चौहानले ब्राजिलका ब्रेनो रोसेट्टो उर्भेन्जालाई, भारतकै चिन्मे मितुल पटेलले नेपालका राजविर प्रधानलाई, अमेरीकाका जय दत्तले नेपालका आर्यन गिरी र रुसका म्याटभे ग्रेसचेनरलाई हराउँदै अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
महिला तर्फभने नेपालकी सलोनी तामाङले भारतकी रिसिता रेड्डी वासिरेड्डीलाई, भारतकी दिव्या भाटियाले नेपालकी सुवांङ्गी लक्ष्मी शाहलाई, भारतकै सुखमन्नि भण्डारीले नेपालीकै इशाश्री शाहलाई, तनुश्री पाण्डेले नेपालकी आज्ञा रेग्मी र श्रीनिधी रेड्डी अमिरेड्डीले रायना शाहलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेकी हुन् ।
महिला तर्फको समुहगत प्रतिस्पर्धामा भने नेपालको वर्चस्व रह्यो । अन्तिम ८ का लागि भएको प्रतिस्पर्धामा अभिलाषा र सलोनी तामाङको जोडीले भारतकी सुखमणी भण्डारी र हान्नाह नागको जोडीलाई हरायो, यस्तै रायना शाह र प्रकृती श्रेष्ठको जोडीले बेल्जियमकी सानोन बोभ्य र भारतकी मिल्ले चुगको जोडिलाई र आज्ञा रेग्मी र सुवाङ्गी लक्ष्मी शाहको जोडीले भारतकी श्रीनिधि रेड्डी अमिरेड्डी, तनुसको जोडीलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेकी छिन् । नेपालकै श्रेया भट्राई र मुनमायाको जोडिलाई भारतकी दिव्या भट्राई र मिहेर मिश्रको जोडीले हरायो ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]