default_image

8 years ago

November 18, 2016

एपेक्स फुटसल उपाधि विद्या संस्कारलाई

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विद्या संस्कारले प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा शुक्रबार भएको फाइनलमा विद्या संस्कारले संस्कृतिलाई टाइब्रेकरमा २–१ गोलले हरायो ।

2
पेनाल्टीमा विजयी टिमका लागि उमिद रायमाझी र प्रत्युश भट्टराईले गोल गरे । संस्कृतिका रिवाज श्रेष्ठले एक गोल फर्काए । निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो ।
संगम बुढाथोकीको कप्तानीमा रहेको विद्या संस्कार टोलीबाट उमिद रायमाझी, अथर्व कोइराला, प्राण्जल तिवारी, सुहान शंकर, साहिल हुसेन, रजत श्रेष्ठ, सयुज रुपाखेती, सागर दाहाल र प्रत्युश भट्टराईले प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षकमा राजन न्यौपाने छन् ।
प्रत्युश भट्टराई उत्कृष्ट खेलाडी तथा उमिद रायमाझी उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगितभर २२ गोल गरेका संस्कृतिका देभान्स आचार्य सर्वाधिक गोलकर्ता बने । विल्सन एकेडेमीले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई एनप्याब्सनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाही, एपेक्सका निर्देशक सुवास न्यौपाने, एपेक्सकी आर्थिक प्रमुख विन्दु न्यौपाने र एपेक्सका प्रिन्सिपल विशाल क्षेत्रीले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । पाँचदिने प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 30, 2025

झापा र बुटवल लुम्बिनीबीच पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

Success

Thank you for your time.