3 years ago
November 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्वर २ तारिखमा बहराइनको मानामा शहरमा सुरु हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठले बोक्ने भएकी छन् ।
एसियन युथ पारा गेम्स २०२१ को उद्घाटन बहराइनको आइएसओ टाउनमा रहेको ओलम्पिक स्टेडियममा हुनेछ । पलेशाको साथमा पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी रहनेछन् । एसियन पारालिम्पिक कमिटि र बहराइन सरकारको आयोजनामा ‘टुगेदार राइजिङ स्ट्रोङ्गर’ को नारामा सञ्चालन हुने एसियन युथ पारा गेम्स २०२१ मा ४४ देशका १ हजार बढी एथलिटको सहभागिता रहने छ ।
नेपालबाट एसियन युथ पारा गेम्स २०२१ मा नेपालबबाट दुई खेल (पारा तेक्वान्दो र पारा ब्याडमिन्टन) का चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पारा तेक्वोन्दोबाट पलेशा गोवद्र्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजा तथा पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टनका प्रकाशले २ डिसेम्वरमा प्रतिस्पर्धा गर्नेछन् । १ डिसेम्वरमा खेल तालिका सार्वजनिक हुदैछ ।
पारा तेक्वान्दोको पलेशा, सिर्जना र विशालको ४ डिसेम्वरमा तौल मापन र टाइसिट ‘ड्र’ र ५ डिसेम्वरमा खेल हुनेछ । पलेशाले के ४४ को ५७ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । सिर्जनाले के ४४ को ५२ केजीमुनि तथा विशालले के ४४ को ५८ केजीमुनि खेल्नेछन् । ब्याडमिन्टनका प्रकाशले एसएल– ४४ क्याटगोरीको पुरुष सिंगल्समा खेल्नेछन् ।
पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । प्रशिक्षक लामा लेभल टु अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । टोली नेताको रुपमा नन्दा बस्याल रहेकी छन् । एसियन युथ पारा गेम्स ६ डिसेम्वरसम्म बहराइनको मानामा शहरमा समापन हुनेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]