3 years ago
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीका नरेन्द्र मौनी र सिन्धुपाल्चेककी मनीषा दनुवार दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नरेन्द्र तथा महिलामा मनीषा उत्कृष्ट बनेका हुन् । धापासीस्थित श्रीसमाज भवनमा भएको प्रतियोगिताको पुरुष ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका नवीन दुवारले स्वर्ण, सर्लाहीका समित विकले रजत तथा सर्लाहीका कृष्ण पण्डितले कांस्य जिते ।
३० केजीमुनि केन्द्रका सलिन थापा, ६५ केजीमा केन्द्रका अनिश दाहाल, ४०.५–४५ केजीमा धनगढीका नितेश कठायत, ५०.५– ५५ केजीमा एपीएफका सञ्जय राई, ५५.५–६० केजीमा सिन्धुपाल्चोकका अल्ताप दनुवार, ६०.५–६५ केजीमा एपीएफका रोहित चुनारा तथा ३५.५–४० केजीमा केन्द्रका अंकित श्रेष्ठले पहिलो स्थान हात पारे ।
टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिलाको ४५.५ केजीमाथि सर्लाहीकी बन्दना बरालले सर्लाहीकै चाँद यादवलाई फाइनलमा पराजित गर्दै पहिलो भइन् । नुवाकोटकी पद्मा तामाङ तेश्रो भइन् । महिला ४५ केजीमुनि एपीएफकी दीपा शाहीले स्वर्ण जितिन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
तीनदिने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा १ सय ५० खेलाडीले सहभागिता जनाएको आयोजक संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव शिव थापाले जनाएका छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]