3 years ago
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फिडे मास्टर रुपेस जयसवालले जीओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिगको आधारमा नौ चरणको खेलमा रुपेसले आठ अंक जोडे ।
यसैगरी ७.५ अंक भएका सुशील चौधरी दोस्रो तथा बद्री लाल नेपाली तेस्रो भए । सजिन मर्हजन चौथो, पूर्णराज खड्का पाचौ, सरोज मर्हजन छैटा्र, केशब श्रेष्ठ सातौ ,हरि सुब्बा आठौ , निकेन कुसाथा नवौ तथा राजन पुरी १०औं भए ।
महिलातर्फ विनिता कपाली पहिलो भइन् । यसैगरी, भेट्रानमा जगन्नाथ ताम्रकार तथा १६ वर्ष मुनी पुरुषोत्तम लिवाल पहिलो भए । प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, थापाथली चेस पार्कका अध्यक्ष क्याप्टेन इन्द्र बहादुर कार्की, आयोजक जिओ इन्टेरसियरका प्रमुख विरेन्द्र ठाकुर, नेपाल विलियार्ड्स स्नकुर तथा पुल एसोसीएसनका अध्यक्ष सरोज कुमार मुल्मी , ब्वाइज युनियन क्लबका पूर्व अध्यक्ष अरुण बैद्य, प्रभु पेका कबिर मर्हजन तथा एनएमबी बैंकका आशिष शाही लगायतले पुरस्कार वितरण गरे ।
जी ओ इनटरेयिर तथा थापाथली चेस पार्कको आयोजनामा भएको प्रतियोगितामा १५० खेलाडकिो सहभागिता थियो । प्रतियोगिताको लागत २ लाख ८० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १५ हजार रुपैयाँ, उपविजयीले ८ हजार रुपैयाँ तथा तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]