3 years ago
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी क्लब र नेपाल आइस हिमालयन शेर्पाले कतार एअरवेज सहदि स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । तेस्रो मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले ओलाडिपो अफिजको हेडर पोस्ट नजिकैबाट बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो ।
४१औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पा अग्रता लिनबाट चुक्यो । त्यसमै रिवाउन्डमा अलरिच सिवेको हेडरलाई दिनेश राजवंशीले गोललाइनबाट बचाउँदै मनाङको संकट टारे । दोस्रो हाफ केहीवेरमा सुरु हुनेछ ।
मनाङ लगातार दोस्रो जितको खोजीमा रहँदा शेर्पा पहिलो जितको खोजीमा हुनेछ । मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दा शेर्पाले संकटासँग १–१ गोलको बराबरी खेलेको थियो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]